कांग्रेस कैलाली–४ मा नेविसंघ परिचालन सह–संयोजकको जिम्मेवारी स्ववियू अध्यक्ष भट्टलाई

Image
Nisarga Hospital

ऐश्वर्य बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अध्यक्ष दीपक भट्टलाई नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालन सह–संयोजकको जिम्मेवारी दिइएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी तथा युवालाई संगठित गरी कांग्रेसको चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ।

CP Hospital Dhangadhi

विद्यार्थी राजनीतिमा सक्रिय रहँदै क्याम्पसस्तरमा संगठन निर्माणमा योगदान पुर्‍याएका भट्टबाट चुनावी परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। कांग्रेस कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार आनन्दबहादुर बिष्ट रहेका छन्।

नव जिम्मेवारी पाएपछि भट्टले पार्टीले दिएको विश्वासलाई इमान्दारितापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यार्थी र युवालाई एकताबद्ध गर्दै कांग्रेसको पक्षमा सकारात्मक वातावरण निर्माण गर्न सक्रिय रूपमा लाग्ने बताए।

नेविसंघ परिचालन समितिले भट्टको अनुभव, सक्रियता र नेतृत्व क्षमताले क्षेत्र नम्बर–४ मा कांग्रेसको चुनावी अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।