
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्यमा उल्लेख्य कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला सात हजार ६५ रुपैयाँ कायम भएको छ।

बिहीबार एक तोला छापावाल सुन तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी सात हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो। आजको गिरावटले सुन प्रतितोलामा २० हजार ५०० रुपैयाँ र चाँदीमा ४४० रुपैयाँको कमी देखिएको छ।

यसअघि गत बुधबार पनि सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, गत मङ्गलबार सुन तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस पाँच हजार ५३७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय उतार–चढावको असरले स्थानीय बजार पनि प्रभावित देखिएको छ।
































