नेपाल आयल निगमले डिजेल–मट्टितेलमा मूल्य वृद्धी, पेट्रोल र ग्याँस स्थिर

Image
Nisarga Hospital

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार, नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुनेछ।

CP Hospital Dhangadhi

निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन। यससँगै हवाई इन्धनमा पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि इन्धन मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडान, विशेषगरी काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय उडानका लागि भने ब्रेकइभन पोइन्ट मूल्य कायम गरिएको निगमले जनाएको छ।

Attariya Hospital

यो मूल्य परिवर्तनले विशेषगरी सवारी साधन र कृषि क्षेत्रमा डिजेलको खर्चमा प्रत्यक्ष प्रभाव पार्नेछ। निगमले मूल्य वृद्धिसँग सम्बन्धित सबै जानकारी सार्वजनिक गरी उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ।

nawajiwan