सुनचाँदीको मूल्यमा तेज गिरावट, सुन प्रतितोला ३ लाखमै

Image
Nisarga Hospital

काठमाडौं, माघ १८ – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा तीव्र गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन लाख रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलना गर्दा १८ हजार आठ सय रूपैयाँ घटेको हो।

CP Hospital Dhangadhi

शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको थियो। यस्तै, चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १५६५ रूपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। विशेषज्ञहरूका अनुसार नेपाली बजारमा मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजारको उतार-चढाव, डलर सुदृढीकरण र लगानीकर्ताको सञ्चित जोखिम कम गर्ने प्रवृत्तिले प्रभाव पारेको हो।
नेपालमा सुन र चाँदीको मूल्य घट्दा व्यक्तिगत लगानीकर्ता तथा व्यवसायीबीच चासो बढेको छ।