
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन तोलामै १४ हजार ४ सय रुपैयाँले बढेको हो।

यस्तै, सुनको मूल्य प्रति १० ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रति १० ग्राम २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँ रहेको सुनको मूल्य आज उल्लेख्य रूपमा उक्लिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुनको मूल्यमा उतारचढाव देखिएको विश्लेषण गरिएको छ।

उता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको छ, जुन मंगलबार ५ हजार ३ सय ३५ रुपैयाँ थियो। साथै, चाँदी प्रति १० ग्राम ४ हजार ८ सय १ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

































