नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ६ हजार पुग्यो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यमा फेरि वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ हजार १०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य ३ लाख ६ हजार ६०० रुपैयाँमा पुगेको छ। मंगलबार यो मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ थियो।

CP Hospital Dhangadhi

त्यस्तै, सुनको १० ग्राम मूल्य पनि आज २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको ५ हजार २४० रुपैयाँभन्दा बढी हो।

Attariya Hospital

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तनको प्रभाव अनुसार नेपाली बजारमा दैनिक सुन–चाँदीको मूल्य निर्धारण गरिन्छ। बजारमा सुनको मूल्य वृद्धिले सुनमा लगानी गर्ने ग्राहक र व्यवसायीको ध्यान आकर्षित गरेको छ ।

nawajiwan
Advertize US