
जनकपुरः प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेड ले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गरेको छ। बाबा अटोमाटा ट्रेडिङ प्रा. लि. द्वारा सञ्चालित शोरूमले जनकपुर र आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ।

उद्घाटन समारोह शुक्रबार बिहान ११ः०० बजे विशेष कार्यक्रमका बीच सम्पन्न भयो। कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्व, उद्योग क्षेत्रका प्रतिनिधि, स्थानीय ग्राहक र अग्रणी आर्किटेक्ट तथा इन्जिनियरको उपस्थितिले कार्यक्रमलाई विशिष्ट बनाएको थियो। शोरूमको रिबन कटा उद्घाटन हिमांशु अग्रवाल द्वारा सम्पन्न भयो। साथै, मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी र मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपाल को उपस्थितिले समारोहको गरिमा बढाएको थियो।
श्री अग्रवालले सम्बोधनमा कजारियाको स्थानीय विकासमा योगदान र क्षेत्रीय ग्राहक तथा साझेदारप्रतिको आभार व्यक्त गर्दै भने, “जनकपुरमा हाम्रो विस्तारले निर्माण तथा पूर्वाधार क्षेत्रमा सकारात्मक गतिशीलता ल्याउनेछ। यसले उपभोक्तालाई गुणस्तरीय उत्पादन प्रदान गर्ने मात्र नभई रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान गर्छ।”


नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रह आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित छन्। ग्राहकले आवासीय, व्यावसायिक र आर्किटेक्चरल प्रयोगका लागि विविध डिजाइन र शैलीहरू आधुनिक र ग्राहकमैत्री वातावरणमा अवलोकन गर्न सक्नेछन्।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीले ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी भिट्रिफाइड र सेरामिक वाल टायलजस्ता उत्पादनहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध गराउँदै आएको छ।
यस नयाँ पहलले जनकपुरमा टायल उद्योगमा नयाँ मापदण्ड स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

































