सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुँदै छ कारोवार?

Image
Nisarga Hospital

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने प्रतिदश ग्रामको मूल्य २ लाख ६६ हजार ३० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० र प्रतिदश ग्राम २ लाख ६१ हजार २३० रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अन्तरमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ४२५ र प्रतिदश ग्राम ४ हजार ६५१ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यो क्रम क्रमशः ५ हजार ५० र ४ हजार ३३० रुपैयाँमा रहेको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको बताउँदै, लगानीकर्ताहरूलाई सतर्क रहन सल्लाह दिएको छ।
कुल मिलाएर, सुन–चाँदी बजारमा मूल्य वृद्धिसँगै लगानीकर्ता र व्यापारीबीच उत्साह देखिएको छ।

CP Hospital Dhangadhi
Dhnagadhi & Krishanapur