नेपालका लागि इन्धन पर्याप्त छ, अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

Image
Nisarga Hospital

नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार पाइपलाइनमार्फत इन्धन आपूर्ति निरन्तर जारी छ र आसन्न निर्वाचन अवधिभर पर्याप्त परिमाणमा आपूर्ति सुनिश्चित गरिनेछ।

CP Hospital Dhangadhi

निगमले जेरी क्यान वा ड्रममा पेट्रोलियम पदार्थ भण्डारण गर्दा आगजनीजन्य दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्तो कार्य नगर्न स्पष्ट निर्देशन दिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न उपभोक्तालाई अनुरोध गरिएको छ।

निगमले बजारमा इन्धन अभाव नरहेको स्पष्ट पार्दै हल्लाका पछि नलाग्न र सुरक्षित तथा मर्यादित रूपमा खरिद–बिक्री प्रक्रिया अपनाउन सबैमा अपिल गरेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur