सुनको मूल्य निरन्तर बढ्यो, चाँदी घट्दा बजारमा उतार–चढाव, कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि बढेको छ। सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको सुन आज थप २ हजार ५ सय रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ तोकिएको छ। हिजो सोमबार यो मूल्य ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

सुनको मूल्य बढ्नुमा वैदेशिक बजारमा सुनको माग उच्च हुनु र स्थानीय स्तरमा खरिद–बिक्रीको गतिविधि सक्रिय हुनु मुख्य कारण मानिएको छ।

Attariya Hospital

यसैबीच चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलामा ६ हजार २० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ५ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ, जसले बजारमा उतार–चढावको अवस्था सिर्जना गरेको छ। व्यापारिक स्रोतका अनुसार चाँदीको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारमा आपूर्ति बढी हुनु र माग घट्नु मुख्य कारण रहेको छ।

nawajiwan
Advertize US