
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ३,५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३,१६,९०० रुपैयाँ र चाँदी ५,४७५ रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन ३,१३,४०० र चाँदी ५,४४५ मा व्यापार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन–चाँदीको मूल्य बढेको छ। समाचार अनुसार आज एक औँस सुन ५,१७० अमेरिकी डलर र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मूल्य वृद्धि धेरै निवेशक र व्यापारीको ध्यानाकर्षण भएको छ, जसले स्थानीय बजारमा सुनचाँदीको मागमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।






































