सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ३७ सय रुपैयाँ घट्यो

Image
Nisarga Hospital

सोमबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेर ३ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो। त्यसयता केही उतारचढावसँगै सुनको मूल्य घट्ने क्रम देखिएको छ।

यससँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले घटेर चाँदी ५ हजार ४१० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको भाउ ५ हजार ४७५ रुपैयाँ रहेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दर र माग–आपूर्तिको अवस्थाले नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव हुने गरेको व्यवसायीहरू बताउँछन्।

Dhnagadhi & Krishanapur