
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँमा झरेको छ।

यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ। चाँदीतर्फ पनि मूल्यमा गिरावट देखिएको छ। मंगलबार ५ हजार ३ सय ३५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

१० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा सुनचाँदीको मूल्यमा परिवर्तन आउने भएकाले पछिल्लो गिरावटले बजारमा केही राहतको संकेत दिएको छ।

































