
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। केही दिनदेखि निरन्तर घट्दो क्रममा रहेको छापावाल सुनको भाउ आज प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन बिहीबार ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो।

यससँगै १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५२ हजार ४८५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिमा आएको परिवर्तनका कारण मूल्यमा गिरावट आएको व्यवसायीहरू बताउँछन्।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा झरेको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।




बजारमा आएको यो गिरावटले खरिदकर्तालाई केही राहत मिलेको छ भने व्यवसायीहरू भने थप उतारचढावको सम्भावना रहेको बताउँछन्।


































