मध्यपूर्व द्वन्द्वले भारतमा इन्धन महँगो: प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्य बढ्यो

Image
Nisarga Hospital

मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्य वृद्धि भएको छ। तेल मार्केटिङ कम्पनीहरूले शुक्रबारदेखि लागू हुने गरी प्रिमियम पेट्रोलमा प्रतिलिटर करिब २.३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा २२ भारतीय रुपैयाँ वृद्धि गरिएको पुष्टि गरेका छन्। मूल्य वृद्धिको मुख्य कारण मध्यपूर्वमा बढ्दो तनाव हो।

CP Hospital Dhangadhi

औद्योगिक डिजेलको भारी मूल्य वृद्धिले उत्पादन, ढुवानी र विद्युत उत्पादनमा प्रतिकूल असर पार्ने देखिएको छ। यसले दैनिक उपभोग्य वस्तुहरूको मूल्य पनि बढ्ने सम्भावना राख्छ।

यद्यपि भारतको संघीय सरकारले प्रिमियम पेट्रोलको मूल्य वृद्धिलाई ठूलो समस्या नभएको बताएको छ। केवल २–४ प्रतिशत उपभोक्ताले प्रिमियम पेट्रोल प्रयोग गर्ने भएकाले यसको प्रभाव न्यून रहने देखिएको छ। विशेषज्ञहरूले भने, औद्योगिक डिजेलको मूल्य वृद्धिले आर्थिक गतिविधिमा व्यापक प्रभाव पार्ने सम्भावना रहन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur