
नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेको छ। सोमबार यही सुन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ निर्धारण गरिएको छ।

यता, सुन घट्दा चाँदीको मूल्य भने उकालो लागेको छ। मंगलबार चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ४ हजार ४ सय २५ रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य आज ३ हजार ८ सय ६३ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार दैनिक रूपमा मूल्य निर्धारण हुँदै आएकाले नेपाली बजारमा सुनचाँदीको मूल्यमा यस्तो उतारचढाव देखिएको हो।































