नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य ! प्रतिलिटर १५ रुपैयाँ वृद्धि

Image
Nisarga Hospital

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा समान रूपमा प्रतिलिटर १५ रुपैयाँ मूल्य वृद्धि गरेको छ। निगमका अनुसार, पछिल्लो एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। यसै कारण १६ देखि ३१ मार्चसम्म ५ अर्ब रुपैयाँ घाटा देखिएको निगमले जनाएको छ। यदि हालको मूल्य वृद्धिको प्रक्षेपण जारी रह्यो भने आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने अनुमान छ।

CP Hospital Dhangadhi

पहिलो वर्गका शहरहरू—चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्ज—मा पेट्रोल प्रतिलिटर १८४.५० रुपैयाँ कायम हुनेछ। दोस्रो वर्गका सुर्खेत र दाङमा १८६ रुपैयाँ, तेस्रो वर्गका काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न कठिन परिस्थितिमा निगमले उपभोक्ता र सरोकारवालालाई मितव्ययिता अपनाउन अनुरोध गरेको छ। बजारमा मूल्य कम भए लगत्तै मूल्य घटाइने पनि प्रतिवेदनमा उल्लेख छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur