नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, आजदेखि लागू, कति पुग्यो लिटरको ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान १५ रुपैयाँले वृद्धि गरेको जनाएको छ। नयाँ मूल्य आजदेखि लागू भएको छ। निगमका अनुसार पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ, जसले निगमलाई १६–३१ मार्चका बीच रु ५ अर्ब घाटा देखाएको छ। आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

क्षेत्र अनुसार मूल्य फरक कायम गरिएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल १८४.५० रुपैयाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा १८६ रुपैयाँ, र तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम गरिएको छ।

निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नासाथ तत्काल मूल्य समायोजन गर्ने पनि स्पष्ट पारेको छ। निगमले यो विषम परिस्थितिमा सबै सरोकारवालासँग सहकार्य गर्ने आह्वान गरेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur