सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुँदै छ कारोवार?

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो, जससँगै छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० रुपैयाँमा झरेको छ।

CP Hospital Dhangadhi

अघिल्लो दिन बुधबार सुन २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला १०० रुपैयाँले घट्दै ४ हजार ८२० रुपैयाँमा सीमित भएको छ। यसअघि चाँदी ४ हजार ९२० रुपैयाँमा किनबेच भइरहेको थियो।

सुनचाँदीको मूल्यमा आएको यो गिरावटले बजारमा किनबेचको चहलपहल बढ्ने अपेक्षा गरिएको छ भने उपभोक्ताका लागि केही राहतको संकेत देखिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur