ओली पक्राउ विरोधमा एमाले आक्रोश, कार्की आयोगको प्रतिवेदन जलाइयो, आन्दोलन चर्किदै

Image
Nisarga Hospital

नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा शनिबार च्यासलस्थित पार्टी कार्यालय बाहिर उनीहरूले आयोगको प्रतिवेदन जलाउँदै आक्रोश व्यक्त गरेका हुन्। वर्तमान सरकारले राजनीतिक प्रतिशोध साधेको आरोप पनि उनीहरूले लगाएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

त्यस्तै, एमाले निकट अनेरास्ववियुले काठमाडौँको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै टायर बालेर नाराबाजी गरिएको थियो। सो क्रममा आयोगको प्रतिवेदन पनि जलाइएको छ। एमाले सचिवालयले घटनालाई राजनीतिक प्रतिशोध भन्दै आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको छ।

nawajiwan