सुनचाँदीको मूल्यमा गिरावट, बजारमा हल्का उतारचढाव

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ।

CP Hospital Dhangadhi

आज छापावाला सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार भने सोही सुन २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार मूल्यमा उल्लेखनीय कमी देखिएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको सन्तुलनका कारण मूल्यमा यस्तो उतारचढाव देखिएको हो। बजारमा हाल उपभोक्ता र व्यवसायी दुवै पक्षले मूल्यको अवस्थालाई नजिकबाट नियालिरहेका छन्।

Dhnagadhi & Krishanapur