सुनचाँदीको बजारमा उछाल: एकै दिन तोलामा ६ हजार ७ सय रुपैयाँले सुन महँगियो

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ६ हजार ७०० रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

CP Hospital Dhangadhi

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ तोकिएको छ, जबकि सोमबार यसको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ४ हजार १५४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ४ हजार ०३० रुपैयाँ थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभावले नेपाली बजारमा सुनचाँदी दुवैमा निरन्तर उतारचढाव भइरहेको छ।

Dhnagadhi & Krishanapur