
नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दै नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५५ हजार १४५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको अनुमान गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ भने प्रति १० ग्राम चाँदी ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।
लगातारको मूल्य वृद्धिले बजारमा लगानीकर्ता र उपभोक्ता दुवैलाई असर पार्ने देखिएको छ।































