सुन–चाँदीको मूल्य घट्यो, बजारमा राहतको संकेत

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्दै २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ९७ हजार ६०० रुपैयाँ थियो। त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५२ हजार ६० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

यससँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घट्दै ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजो ४ हजार ९४५ रुपैयाँ थियो। प्रति १० ग्राम चाँदीको मूल्य पनि घटेर ४ हजार ९८ रुपैयाँ कायम भएको छ।
मूल्यमा आएको गिरावटले उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

Advertize US