सुन स्थिर, चाँदीमा उकालो: बजारमा नयाँ मूल्य सार्वजनिक

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हिजोकै दरमा कायम रहँदै प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ।

CP Hospital Dhangadhi

यता, चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। हिजो प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ८ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ। त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम गरिएको छ।

Attariya Hospital

बजारमा सुन स्थिर रहे पनि चाँदीको मूल्य बढेसँगै लगानीकर्ता तथा उपभोक्ताको ध्यान चाँदीतर्फ आकर्षित हुन थालेको देखिन्छ।

nawajiwan