सुनचाँदीको मूल्यमा गिरावट, बजारमा हलचल

Image
Nisarga Hospital

काठमाडौँमा आज सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा कारोबार प्रभावित भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले घट्दै २ लाख ९४ हजार ७०० कायम भएको छ। चाँदी पनि तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८७५ मा झरेको छ।

CP Hospital Dhangadhi

अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार र चाँदी ५ हजार २५ रुपैयाँ रहेको थियो। यसअघि मङ्गलबार सुन २ लाख ९१ हजार ८०० र चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।

Attariya Hospital

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यमा उतारचढाव देखिएको छ। आज सुन प्रतिऔँस ४ हजार ७१३ अमेरिकी डलर र चाँदी ७३ डलरमा कारोबार भइरहेको छ। मूल्य घटेसँगै बजारमा किनबेचको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

nawajiwan