इरान–अमेरिका वार्तापछि तेल मूल्यमा ऐतिहासिक गिरावट, बजारमा अनिश्चितता कायमै

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा यस साता सन् २०२२ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट देखिएको छ। इरान र अमेरिकाबीच स्थायी युद्धविरामका लागि भइरहेको वार्ताको सकारात्मक संकेतसँगै शुक्रबार तेलको मूल्य ओरालो लागेको हो।

CP Hospital Dhangadhi

ब्रेन्ट क्रुडको मूल्य ०.८ प्रतिशतले घटेर प्रतिब्यारेल ९५.२० डलरमा झरेको छ। यो साता समग्रमा ब्रेन्ट क्रुड १२.७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) १.३ प्रतिशतले घटेर ९६.५७ डलरमा पुगेको छ, जुन सन् २०२० को महामारीपछिकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो।

मूल्य घटे पनि आपूर्तिको चिन्ता कायमै छ। स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल ढुवानी अझै प्रभावित छ भने इरानले आफ्नो जलक्षेत्रमा मात्र जहाज सञ्चालन गर्न चेतावनी दिएको छ। यसले विश्वको प्रमुख तेल आपूर्ति मार्गमा अस्थिरता बढाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मध्यपूर्वमा जारी तनाव, ऊर्जा पूर्वाधारमा भएको क्षति र उत्पादन कटौतीका कारण आगामी दिनमा तेल अभाव हुन सक्ने विश्लेषकहरूले बताएका छन्। आगामी वार्ताले युद्धविरामलाई स्थायित्व दिए तेल बजार थप स्थिर हुने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur