निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र मजबुत हुँदैन : सांसद मनिष झा

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलता बलियो नभएसम्म देशको अर्थतन्त्र मजबुत हुन नसक्ने बताएका छन्।

CP Hospital Dhangadhi

शनिबार राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको विकास बिना आर्थिक समृद्धि सम्भव नहुने धारणा राखे।

Attariya Hospital

उनका अनुसार प्रत्येक देशको अर्थतन्त्रमा निजी, सरकारी र विकासमुखी गरी तीन तह हुने भए पनि निजी क्षेत्र कमजोर रहेसम्म समग्र अर्थतन्त्र बलियो बन्न सक्दैन। उनले भने, “निजी क्षेत्रको अर्थतन्त्र बलियो नभएसम्म देश बलियो हुँदैन।”

nawajiwan

सांसद झाले चीनको उदाहरण दिँदै निजी क्षेत्रको विशाल पुँजीले नै त्यहाँको आर्थिक प्रगति सम्भव भएको उल्लेख गरे। उनले नेपालमा पनि निजी क्षेत्रलाई सशक्त बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।