नयाँ वर्ष २०८३ सुरु : उत्साह, आशा र नयाँ संकल्पसँग देशभर हर्षोल्लास

Image
Nisarga Hospital

आजदेखि विक्रम संवत् २०८३ प्रारम्भ भएको छ। वैशाख १ गतेका अवसरमा देशभर शुभकामना आदानप्रदान, भेटघाट र विविध कार्यक्रम गर्दै नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदैछ। नेपाली समाजमा नयाँ वर्षलाई नयाँ ऊर्जा, उत्साह र जीवनमा नयाँ सुरुआतको प्रतीकका रूपमा लिने परम्परा रहँदै आएको छ।

CP Hospital Dhangadhi

विक्रम संवत् विश्वकै प्राचीन संवत्मध्ये एक मानिन्छ, जसको पहिलो दिन आज परेको हो। आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन अर्थात् वैशाख सङ्क्रान्ति पनि हो। सूर्यको गतिमा आधारित भएकाले यो संवत् वैज्ञानिक र शाश्वत मानिने विद्वानहरूको धारणा छ।

नयाँ वर्षका दिन बिहानै नुहाउने, घर–आँगन सफा गर्ने, मन्दिरमा पूजा गर्ने, मिठो परिकार खाने तथा आफन्त र साथीभाइसँग शुभकामना साटासाट गर्ने चलन छ। विश्वभर रहेका नेपालीले पनि यस दिनलाई विशेष पर्वका रूपमा मनाउने गरेका छन्।

nawajiwan
Attariya Hospital

भक्तपुरमा बिस्का जात्रा तथा तराई क्षेत्रमा सहलेश फूल फुल्ने परम्पराले आजको दिनलाई थप सांस्कृतिक महत्त्व दिएको छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायतका विशिष्ट व्यक्तित्वले शुभकामना सन्देश दिँदै देशवासीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।