इन्धन महँगीको असर : सार्वजनिक यातायात भाडा फेरि ५ प्रतिशतले वृद्धि

Image
Nisarga Hospital

सरकारले सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशतले वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार मन्त्रीस्तरको निर्णयअनुसार अन्तरप्रदेशीय यात्रुवाहक तथा ढुवानी दुवै सवारीमा नयाँ भाडादर लागू गरिएको हो।

CP Hospital Dhangadhi

विभागका अनुसार यसअघि भाडा समायोजन हुँदा डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा थियो भने हाल ५५ रुपैयाँ बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ। यो वृद्धि करिब ३०.४१ प्रतिशत हो। यही इन्धन मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा भाडा समायोजन गरिएको जनाइएको छ।

Attariya Hospital

यसअघि गत चैत २५ गते पनि सरकारले भाडा समायोजन गरेको थियो। त्यतिबेला यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा मालवाहकमा २१.६८ प्रतिशत र तराईमा १५.७५ प्रतिशतले वृद्धि गरिएको थियो। त्यसयता डिजेलको मूल्य दुईपटक बढेपछि व्यवसायीहरूले पुनः भाडा समायोजनको माग गर्दै आएका थिए।

nawajiwan

विभागले वैशाख ९ गते मन्त्रालयलाई बढी दरमा वृद्धि सिफारिस गरे पनि अन्ततः मन्त्री सुनिल लम्सालले ५ प्रतिशत वृद्धि मात्रै स्वीकृत गरेका हुन्। नयाँ दर लागू भएसँगै यात्रु र उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ।