एमालेमा नेतृत्व संकट: ओलीविरुद्ध पौडेल–पोखरेल समीकरणको चर्चा, पार्टीभित्र शक्ति संघर्ष चर्किँदै

Image
Nisarga Hospital

नेकपा (एमाले) भित्र आन्तरिक राजनीति तीव्र रूपमा चुलिएको छ। लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिँदै आएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच ओलीलाई नेतृत्वबाट हटाउने विषयमा गोप्य समझदारी भएको चर्चा सार्वजनिक भएपछि पार्टीभित्र हलचल मच्चिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

पछिल्लो समय संसदीय दलको नेतृत्व चयन, पार्टी निर्णय प्रक्रिया र संगठनात्मक शैलीप्रति असन्तुष्टि बढ्दै गएको दोस्रो पुस्ताका नेताहरूले वैकल्पिक समीकरण बनाउन थालेको दाबी गरिएको छ।

स्रोतहरूका अनुसार ओलीले महत्त्वपूर्ण निर्णयहरूमा सचिवालयलाई बाइपास गर्ने र पुरानै शैलीमा पार्टी सञ्चालन गर्ने प्रयास गरेको आरोप छ। विशेषगरी संसदीय दलको नेतृत्व चयनमा देखिएको “अनुदार” शैलीले पौडेल र पोखरेललाई एकै मोर्चामा उभ्याएको बताइन्छ।

पार्टीभित्र गोकर्ण विष्ट, योगेश भट्टराई र रघुजी पन्तजस्ता नेताहरू पनि परिवर्तनको पक्षमा उभिएको चर्चा छ। उनीहरूले एमालेलाई पुनर्जीवित बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको तर्क अघि सारेका छन्।

यता ओली निकट नेताहरूले भने यी सबै दाबीलाई “निराधार हल्ला” भन्दै खण्डन गरेका छन्। उनीहरूका अनुसार अध्यक्षले सधैँ दोस्रो पुस्तालाई अवसर दिँदै आएका छन् र पार्टीभित्र कुनै विभाजन छैन।

राजनीतिक विश्लेषकहरूका अनुसार यो शक्ति संघर्ष चर्किए एमालेले नयाँ मोड लिन सक्छ, जसले पार्टीको भविष्यमा गम्भीर प्रभाव पार्नेछ।

Advertize US