आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’: जनचेतना अभिवृद्धिमा जोड

Image
Nisarga Hospital

देशभरका ७५३ वटै स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग को आग्रहअनुसार नागरिकस्तरमा घटना दर्ताको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।

CP Hospital Dhangadhi

जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटना दर्ता व्यक्तिको कानुनी पहिचान स्थापित गर्न र राज्यबाट प्राप्त हुने सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण आधार मानिन्छ। यसैलाई मध्यनजर गर्दै स्थानीय तहहरूले सप्ताहभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्।

Attariya Hospital

विभागका अनुसार विद्यालय, स्थानीय सङ्घ–संस्था तथा सरोकारवालाको सहभागितामा कार्यक्रम आयोजना गरिनेछ। यस अभियानले नागरिकलाई समयमै घटना दर्ता गराउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

nawajiwan

विभागले यसअघि नै परिपत्र जारी गर्दै सबै स्थानीय तहलाई सक्रिय सहभागितासहित सप्ताह सफल बनाउन निर्देशन दिएको थियो।