आजको मौसमः पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली क्षेत्रमा सामान्य बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

आज बिहीबार कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने अनुमान गरिएको छ। अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा घाम लाग्ने सम्भावना छ।

Attariya Hospital

महाशाखाले कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने जनाएको छ। यस्तै बागमती र गण्डकीका हिमाली भेगका केही स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा मौसम स्थिर रहने भए पनि पहाडी र हिमाली भेगमा भने बदली र हल्का वर्षा जारी रहने देखिएको छ।

nawajiwan
Advertize US