इन्धन मूल्यवृद्धिविरुद्ध दुर्गा प्रसाईंको अल्टिमेटम, विद्यार्थी नेतृत्वमा आन्दोलनको चेतावनी

Image
Nisarga Hospital

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले सरकारले हालै गरेको इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। शनिबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले सरकारलाई एक हप्ताको ‘अल्टिमेटम’ दिएका हुन्।

CP Hospital Dhangadhi

प्रसाईंले इन्धन मूल्यवृद्धिले जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्दै महँगी अझै बढाउने भन्दै सरकारको निर्णयको कडा आलोचना गरे। उनले मूल्यवृद्धि खारेज नगरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।

Attariya Hospital

उनका अनुसार आन्दोलनको नेतृत्व महाअभियान अन्तर्गतको विद्यार्थी संगठनले गर्नेछ। “एक हप्ताभित्र मूल्यवृद्धि फिर्ता नभए विद्यार्थीको नेतृत्वमा सडक आन्दोलन हुन्छ,” उनले भने।

nawajiwan

प्रसाईंले सरकारका पछिल्ला नीतिहरू नागरिक हितविपरीत रहेको आरोप लगाउँदै अब सडक संघर्ष अपरिहार्य भएको बताए। उनले जनताको आवाज दबाउन खोजिए कडा प्रतिकार हुने चेतावनी पनि दिएका छन्।