
नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिन ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि अघिल्लो दिन ५ हजार १६० रुपैयाँ थियो।

आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ९८ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुने महासङ्घले जनाएको छ।




























