सुनचाँदीको मूल्य फेरि उकालो, बजारमा निरन्तर उतारचढाव

Image
Nisarga Hospital

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो।

CP Hospital Dhangadhi

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ तोकिएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै बजारमा सुनको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ८३ रुपैयाँ कायम गरिएको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।

Dhnagadhi & Krishanapur