देशभर मौसम बदली, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

Image
Nisarga Hospital

आज देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। बिहानैदेखि हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र तराईमा आंशिक बदली देखिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकीमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीसहित मौसम सामान्यतः सफा रहने अनुमान गरिएको छ।

Attariya Hospital

दिउँसो केही पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो दिन हुने सम्भावना पनि देखिएको छ।

nawajiwan

महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको हो।