सरकारका महत्वपूर्ण निर्णय: सुरक्षण मुद्रण केन्द्रदेखि एपीएफ आईजीपीसम्म नयाँ निर्णय

Image
Nisarga Hospital

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको हो।
त्यस्तै, बैठकले ‘भन्सार नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। यसले भन्सार प्रशासनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय पनि गरिएको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालका अनुसार यी निर्णयहरूले प्रशासनिक सुधार र संस्थागत सुदृढीकरणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital