आज उभौली पर्व: प्रकृतिपूजासँगै किरात संस्कृतिको उत्सव देशभर मनाइँदै

Image
Nisarga Hospital

किरात राई समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा–आराधना गर्दै उल्लासका साथ मनाइँदैछ। खेतीपाती सुरु गर्नुअघि प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै राम्रो उत्पादनको कामना गर्ने परम्परासहित यो पर्व मनाइन्छ।

CP Hospital Dhangadhi

गर्मी बढ्दै जाने समय भएकाले बेँसीबाट लेकतर्फ उक्लने चलनसँग जोडिएकै कारण यस पर्वलाई ‘उभौली’ भनिएको हो। यस अवधिमा चराचुरुङ्गी, जङ्गली जनावर र माछा पनि उँभो लाग्ने विश्वास समुदायमा रहिआएको छ।

Attariya Hospital

उभौली पर्वमा चण्डी नाच र साकेला नाच विशेष आकर्षणका रूपमा रहने गर्छन्। राजधानी ललितपुरको हात्तीवनस्थित साकेलास्थानमा पनि पूजा र सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ। केही स्थानमा भने परम्पराअनुसार फरक मितिमा पर्व मनाउने चलन कायम छ।

nawajiwan

किरात समुदायमा उभौली र उधौली दुवै पर्व कृषि, प्रकृति र जीवनचक्रसँग गहिरो रूपमा जोडिएका छन्, जसले सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउँदै आएको छ।