आजको मौसमः देशभर मौसममा बदली, चट्याङसहित वर्षा र हिमपातको चेतावनी

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्र सक्रिय रहेको छ।

CP Hospital Dhangadhi

यसका कारण मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि घना बदली देखिएको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

Attariya Hospital

आज दिउँसो देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा बदली रहने र केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।

nawajiwan

रातिको समयमा पनि कोशी लगायत पहाडी क्षेत्रमा बदली कायम रहनेछ। केही स्थानमा चट्याङ्गसहित वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।