सुनमा एकैदिन ५,८०० रुपैयाँ उछाल, चाँदी पनि महँगियो

Image
Nisarga Hospital

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५४ हजार ४६० रुपैयाँ कायम गरिएको छ।

CP Hospital Dhangadhi

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा देखिएको हो। पछिल्ला दिनहरूमा विश्व बजारमा सुनको माग र मूल्यमा भएको परिवर्तनले नेपाली बजारमा पनि मूल्य वृद्धि गराएको जनाएको छ।

यससँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३४ रुपैयाँ कायम भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुनचाँदीको मूल्यमा आएको यो वृद्धिले बजारमा खरिद–बिक्रीमा समेत प्रभाव पार्ने देखिएको छ।

Dhnagadhi & Krishanapur