
सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक पुनर्संरचना अन्तर्गत विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

सोही मन्त्रालयका श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिइएको छ। अन्य सहसचिवहरूको सरुवा सूची पनि सार्वजनिक गरिएको छ।
































