आईसीसी वरियतामा नेपालका खेलाडी चम्किए, दिपेन्द्र र सन्दीपको सुधार

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको एकदिवसीय वरियतामा नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उल्लेखनीय सुधार गरेका छन्। अलराउन्डरतर्फ दिपेन्द्र १२ स्थान फड्को मार्दै ३१ औं स्थानमा पुगेका छन्, जुन उनको करियरकै महत्वपूर्ण प्रगति हो।

CP Hospital Dhangadhi

यस्तै, सन्दीप लामिछानेले पनि अलराउन्डर वरियतामा ७ स्थान सुधार गर्दै ७१ औं स्थान हासिल गरेका छन्। बलिङतर्फ सन्दीप अझ प्रभावशाली देखिएका छन्, जहाँ उनले १५ स्थान उक्लिँदै ४३ औं स्थान ओगटेका छन्।

Attariya Hospital

तर अन्य खेलाडीको प्रदर्शन मिश्रित देखिएको छ। करण केसी १० स्थान खस्किँदै ८१ औं स्थानमा पुगेका छन् भने ललित राजवंशी ३ स्थान झर्दै ८५ औं स्थानमा सीमित भएका छन्। सोमपाल कामी भने १०० औं स्थानमै स्थिर छन्। बलिङतर्फ राजवंशी ६५ औं स्थानमा झरेका छन् भने दिपेन्द्र ८३ औं स्थानमै यथावत छन्। ब्याटिङतर्फ भने नेपाली खेलाडी शीर्ष १०० भित्र पर्न सकेका छैनन्।

nawajiwan