
स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागेको छ। बुधबारको तुलनामा आज सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९८ हजार ६०० कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला रु पाँच हजार १५५ मा कारोबार भइरहेको छ।

यसअघि बुधबार सुन प्रतितोला रु दुई लाख ९६ हजार ८०० र चाँदी रु पाँच हजार ५० मा किनबेच भएको थियो। मङ्गलबार भने सुनको मूल्य रु दुई लाख ९१ हजार तथा चाँदी रु चार हजार ८८० कायम रहेको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ७०३ अमेरिकी डलर तथा चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। लगातारको मूल्यवृद्धिले स्थानीय बजारमा पनि सुनचाँदी कारोबार थप महँगो बन्दै गएको छ।






























