आजको मौसमः आज देशका केही स्थानमा वर्षा र चट्याङको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका विभिन्न स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

CP Hospital Dhangadhi

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै बाँकी प्रदेशका एक–दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

Attariya Hospital

आज राति पनि कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोसी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

nawajiwan