एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार साँझ नतिजा सार्वजनिक गरिएको हो। बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

CP Hospital Dhangadhi

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सकिएको बोर्डले जनाएको छ।

Attariya Hospital

यस वर्ष एसईईका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए। लैङ्गिक विवरणअनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका छन्।

nawajiwan

नतिजा केहीबेरपछि मात्र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ। विद्यार्थीहरूले आफ्नो सिम्बल नम्बर प्रयोग गरी अनलाइन, एसएमएस वा मोबाइल एपमार्फत नतिजा हेर्न सक्नेछन्।