सुन आयातमा भारतको कडाइ: भन्सार ६ बाट १५ प्रतिशत, बजारमा असरको चिन्ता

Image
Nisarga Hospital

भारत सरकारले सुन र चाँदी आयातमा भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ। मंगलबार जारी आदेशअनुसार व्यापार घाटा घटाउन र कमजोर रुपैयाँलाई अवमूल्यनबाट जोगाउन निर्णय गरिएको हो।

CP Hospital Dhangadhi

सरकारले १० प्रतिशत बेसिक ड्युटी र ५ प्रतिशत कृषि सेस लागू गरेपछि कुल कर १५ प्रतिशत पुगेको छ। सन् २०२४ मध्यतिर घटाइएको कर पुनः वृद्धि गरिएको हो।

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न र सुन आयात नियन्त्रण गर्न कदम चालिएको हो। भारत विश्वकै दोस्रो ठूलो सुन उपभोक्ता देश हो, करिब ९९ प्रतिशत सुन आयात गर्छ।

nawajiwan

आयात खर्चमा सुनको हिस्सा ९ प्रतिशत रहेको छ। कर वृद्धिले तस्करी बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

Attariya Hospital

कर घटाउँदा अवैध कारोबार घटेको थियो, अहिले वृद्धि हुँदा फेरि अनौपचारिक बजार सक्रिय हुन सक्ने अनुमान।

प्रधानमन्त्री Narendra Modi ले एक वर्षसम्म सुन नकिन्न आग्रह गर्दै विदेशी मुद्रा बचतलाई देशभक्ति भनेका थिए।

उनको अपिलपछि Titan Company, Kalyan Jewellers र Senco Gold सेयरमा १० प्रतिशत गिरावट आएको छ।