पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

Image
Nisarga Hospital

Department of Hydrology and Meteorology का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

Attariya Hospital

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा समेत वर्षा हुन सक्ने सम्भावना छ भने कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने सम्भावना रहेको बताइएको छ।

nawajiwan

आज राति भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। तर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने मौसमविद्ले बताएका छन्।