लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारको अडान, अवरोध हटाउन आग्रह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल कानुनअनुसार सञ्चालनमा ल्याइने बताएका छन्। कैलालीको लम्कीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लम्कीचुहा नगरपालिकाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अस्पताल सञ्चालनको प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहका अनुसार प्रदेश सरकारले स्थानीय तहसँग समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा काम गर्न खोज्दा पनि पालिकाबाट अवरोध भइरहेको छ। उनले प्रदेश सरकारले खटाएका कर्मचारीलाई नगरपालिकाले हाजिर हुन नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे।

Attariya Hospital

प्रदेश सरकारले वैशाख १५ गतेको निर्णयअनुसार अस्पतालका लागि मेडिकल अधिकृत, लेखा अधिकृत र प्रशासनिक कर्मचारी खटाइसकेको जनाएको छ। साथै, सामाजिक विकास मन्त्रालयले सञ्चालनसम्बन्धी सम्झौताका लागि पटक–पटक पत्राचार गरेको जानकारी दिइयो।

nawajiwan

मुख्यमन्त्री शाहले प्रदेश सरकार परिवर्तनको चर्चा केवल हल्ला मात्र भएको पनि बताए। अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा साढे चार करोड बजेट र १४६ जनाको दरबन्दी स्वीकृत गरिएको छ।