सामाजिक सुरक्षा प्रणालीमा नयाँ अभियान: सक्षमले भत्ता त्याग्न आह्वान

Image
Nisarga Hospital

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संघीय संसदको दुवै सदनमा प्रस्तुत गरिरहेका छन्। बजेटमार्फत सरकारले सामाजिक सुरक्षा प्रणालीलाई लक्षित समूहमा केन्द्रित गर्न नयाँ नीति अघि सारेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

सरकारले सक्षम नागरिकलाई स्वेच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गर्दै ‘सक्नेलाई तोडौँ, नसक्नेलाई जोडौँ’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यस अभियानमार्फत आवश्यकतामा रहेका नागरिकलाई मात्र राज्यको सुविधा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

अर्थमन्त्री वाग्लेले यो नीति सामाजिक न्याय र स्रोतको प्रभावकारी उपयोगतर्फको महत्वपूर्ण कदम हुने बताएका छन्। सरकारले कल्याणकारी कार्यक्रमलाई अझ पारदर्शी र लक्षित बनाउने प्रतिबद्धता जनाएको छ।